ओलीलाई माधव नेपालकाे जवाफ : ‘नीति तथा कार्यक्रम कागजको खोस्टो होइन, देशको समस्या समाधान गर्छ’

लोकपथ
63
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको सार्वजनिक गरेको नीति तथा कार्यक्रमले देशको समस्या समाधान गर्ने बताएका छन् ।

आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेपालले सो कुरा बताएका हुन् ।

यसअघि आइतबार नीति तथा कार्यक्रमबारे बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम गतिहिन भएको भन्दै पुनर्लेखन गनुपर्ने टिप्पणी गरेका थिए । सोही कुरालाई इंगित गर्दै उनले नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए ।

‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?