घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

लोकपथ
245
Shares

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?