लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् ।

यस्तै माओवादीबाट पनि एक जना मन्त्री थप्ने तयारी रहेको छ । मुख्यमन्त्री चौधरीले आजै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरुलाई शपथग्रहण गराउने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?