डा. रेणुकाको ‘चिराक’ बजारमा

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । 

नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो । 

चिराकमा सुदूरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतीलाई चित्रण गरिएको छ । 

महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारिएको छ । 

विमोचन कार्यक्रममा बोल्दै समालोचक डा.लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवार भित्रको महिला हिंसाको उजार्गर भएको टिप्पणी गरे । 

पढाईमा समेत तेज उपन्यासकी मुल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाईमा चिराक बनेर उभिन्छीन् भन्ने सन्देश पुस्तकले दिन्छ । 

यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिक्ताले जगडीएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले बताइन् । 

यस्तै अर्का समालोचक डा.ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनु पर्ने बताए । त्यसका लागि साहित्यीक कृती मार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ । 

अर्की साहित्यकार मायाँ ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिडीसकेको बताए । पश्चीमेली भाषा संस्कृतीलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको बताए ।

लेखक ‘सोलु’ले उपन्यासमा साहित्यीक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दहरुलाई बढि प्रयोग गरिएको बताइन् । 

सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ । लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । 

यस अघि उनले उपन्यास ‘भिरमह’ बजारमा ल्याएकी थिइन् । ‘गुलाफ फूल्न खोज्दा’ आत्मसस्मरण, ‘अस्तीत्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार विपीका नारी पात्रमा निती चेतना’ समालोचना लगायत १२ वटा कृती प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?