बझाङमा हिमपहिरो : ३ जना बेपत्ता

लोकपथ
98
Shares

काठमाडौं । बझाङमा हिमपहिरो गएको छ । हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् ।

बझाङकाे सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा ३ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

हालसम्म हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?