अलैँची विज्ञको आवश्यकता छ : मन्त्री सिटौला

लोकपथ
65
Shares

काठमाडौं । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैँची विज्ञको आवश्यकता रहेको रहेको बताएका छन् । झापाको बिर्तामोडमा आज अलैँची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अलैँची विज्ञ नरहेकाले अलैँची विज्ञ उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे ।

“आफू पनि अलैँची किसान भएकाले अलैँची किसानका समस्याबारेमा जानकार छु । अलैँची उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अलैँची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता छ”, मन्त्री सिटौलाले भने ।

अलैँची खेती प्रवर्द्धनका लागि किसान र व्यवसायीले वेयर हाउस, सहुलियत ऋणलगायत विविध क्षेत्रमा कुरा उठाएकाले प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने उनको भनाइ थियो । अलैँची व्यवसायीले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मन्त्री सिटौलाले व्यवसायीलाई कर छली नगर्न आग्रह गरे ।

कार्यक्रमा महासङ्घका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैँची निर्यात हुने गरेको जानकारी दिए । उनले भारतलगायतका मुलुकबाट सुकमेल आयात भइरहँदा सोही मात्रामा उत्पादन भएको अलैँची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री सिटौलालाई अलैँची व्यवसायी र किसानको समस्याका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?