विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नव नियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया