१४ जेष्ठ २०८०, आईतवार

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२०८०,जेष्ठ,७,आईतवार १५:५६

108
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए ।

नेपाली कांग्रेसका पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

त्यस्तै, एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

 

प्रकाशित मिति: २०८०,जेष्ठ,७,आईतवार १५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९