मदन राई प्रकरण : स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । आफूलाई कृषि विज्ञको रुपमा चिनाउँदै आएका मदन राईले बालिकाहरुमाथि गरेको यौन दुव्र्यवहारको स्थलगत प्रतिवेदन सार्वजनिक भएको छ ।

खोटाङ दिक्तेलस्थित रुपाकोट मजुवागढी नगरपालिका–२ मा रहेको शुभम फाउण्डेशनमा रहेका बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

आइतबार उक्त प्रकरणको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवदेनमा राईले आफू र आफ्नी श्रीमतीको नामबाट सञ्चालनमा रहेको शुभद्रा मदन फाउण्डेसनमार्फत् गरेको विद्यालयमा अध्ययनरत छात्राहरुलाई राईले निर्वस्त्र बनाइ अश्लिल शब्दहरु प्रयोग गर्ने, निर्वस्त्र बनाइ मसाज गर्न लगाउने लगायतका हर्कतहरु गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रतिवेदनमा उल्लेख भए अनुसार उनले बालिकाहरुको संवेदनशील अंगमा छुने गरेको र शारिरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको उल्लेख गरिएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले विद्यालयको प्रार्थनाको समय वा कुनै अन्य समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकाहरुलाई लहरै राखेर यौनजन्य गतिविधि गतिविधि गर्न लगाउने गरेको पाइएको जानकारी दिए ।

त्यस्तै उनले शहरी शिक्षाका लागि भन्दै ललितपुरस्थित आफ्नै निवासमा लगेर किशोरीहरुमाथि दुव्र्यवहार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै उनले शुभमभित्र सञ्चालन गरेको क्याफे, होमस्टेमा समेत कर्मचारीको् रुपमा बालबालिका तथा किशोरीहरुलाई काम लगाउने गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?