काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको विशेष समय लिएर बोल्दै ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गरे । साथै उनले देशका विविध विषयमाथि आफ्नो भाषणमा समेटेका छन् ।
अन्य समयमा समेत विशेष समयमा ओलीले लामो भाषण गर्ने गरेका थिए । आज नीति तथा कार्यक्रमबारे सवाल उठाउनका लागि उनले विशेष समय लिएका थिए । तर बेला बेला ओलीले विषयान्तर गर्दै कहिले सरकारमाथि कटाक्ष त कहिले आफू नेतृत्वको सरकारले गरेको कामको चर्चा हुन नसकेको भन्दै टिप्पणी गरे ।
वाक पटुता भएका ओलीको भाषणमा कोही सांसदहरु मज्जा मानिमानि सुनिरहेका थिए । भने कोही मोबाइल चलाउँदै थिए भने कोही निदाउँदै हाई काढिरहेका देखिन्थे । ओलीले सरकारमाथि छेडखानी गर्दा एमाले सांसदहरु हाँसीहाँसी टेबल ठोकिरहेका थिए । यसअघि पनि सोही कुराहरु दोहोर्याएका कारण धेरै सांसदहरु भाषणतिर भन्दा पनि मोबाइल चलाउँदै गरेको देखिन्थे ।
बैठकलाई सम्बोधन गर्दै ओलीले नीति तथा कार्यक्रमले धेरै विषयवस्तु समेट्न नसकेको भन्दै त्यसलाई फिर्ता लिन समेत आग्रह गरे । नीति तथा कार्यक्रममा आफूहरु सन्तुष्ट हुन नसकेको भन्दै त्यसलाई फिर्ता लिएर पुनर्लेखन गर्न समेत माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया