सांसद केसीले भने– ‘नुवाकोटको साततले दरबारको मर्मत छिटो गरियोस्’

लोकपथ
28
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नुवाकोटको सात तले दरबारको मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको संसद्को शून्य समयमा बोल्दै उनले नुवाकोटको सात तले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा रहेको बताए ।

‘राष्ट्रिय एकीकरणको महत्त्वपूर्ण थलोको रूपमा रहेको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको नुवाकोटको साततले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा छ । मर्मत सम्भार हुन सकेको छैन । त्यतातिर सरकारको ध्यान जाओस् ।’

नुवाकोट सम्पदा बस्ती विकास आयोजनाको काम अगाडि बढाउन पनि सांसद केसीको माग छ । यस्तै उनले नुवाकोटवासीलाई खानेपानीको व्यवस्था गराउन पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?