काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरण सरकारले बाहिर नल्याएको आफैँ परिबन्दमा परेर बाहिर आएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सरकारले आफूले ठूलो काम गरेको भनेर जस नलिन समेत आग्रह गरे ।
भुटानी शरणार्थी प्रकरणमा गत वर्ष नै उजुरी परेको र केही व्यक्तिहरु पक्राउ परे पनि तिनलाई साट्टसुट्ट रुपमा छाडिएको दाबी गरे ।
‘यसमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने आवश्यक्तै देख्दिन । गत वर्ष नै उजुरी परेको रहेछ । कारबाही किन भएन । त्यतिबेलै मान्छेहरु पक्राउ परेका रहेछन् । किन कारबाही भएन ? किन साटकसुटुक छोडियो ?’ ओलीले भने, ‘यो त आफैँ आएको हो । भुईचालो जसरी आएको हो । भुँइचालो मैले ल्याएको भन्न मिल्छ ?’
त्यस्तै भुटानी शरणार्थी प्रकरणमा थर्ड कन्ट्री सेटेलमेन्टमा आफ्नो भूमिका रहेकोमा कुनै प्रशंसा नगरिएको बरु आलोचना गरिएको बताए ।
‘भुटानी शरणार्थी प्रकरणमा यत्रो सेटलमेन्ट गरेकोमा धन्यवाद दिनुको सट्टा बुद्धिको भाँडो उल्टियो ।’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया