काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्दोष फसाउने काम भइरहेको आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले निर्दोष फसाउने काम भइरहेको र दोषीलाई उम्काउने काम भइरहेको आरोप लगाएका हुन् ।
‘हामी भ्रष्टाचारीको विरुद्धको आन्दोलनमा छौँ । अहिले निर्दोष फसाउने काम भइरहेको छ । दोषी उम्काउने काम भइरहेको छ । यसलाई छोप्न नखोजिए हुन्छ । त्यसो गरिए भयावह स्थिती आउँछ ।’ ओलीले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया