संसदमा ओलीको प्रश्न : ‘के आधार र कुन जगमा टेकेर नीति तथा कार्यक्रम आएको छ ?’

लोकपथ
63
Shares
k|ltlglw;ef a}7sdf cWoIf cf]nL sf7df8f}F, @@ df3M g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf wf/0ff /fVg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कुनै आधारस्तम्भ नभएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सो टिप्पणी गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले कुन जगमा ? के उदेश्यमा कुन गन्तव्यका लागि ? यो नीति तथा कार्यक्रम आएको छ ? के टार्गेटहरु मिट गर्न यो नीति तथा कार्यक्रम आएको छ ? भन्दै प्रश्न गरे ।

‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने प्रयास गरेँ । के आधारमा ? कुन जगमा ? के उदेश्यमा कुन गन्तव्यका लागि ? यो नीति तथा कार्यक्रम आएको छ ? के टार्गेटहरु मिट गर्न यो नीति तथा कार्यक्रम आएको छ ? त्यो मैले पहिल्याउने कोशिस गरेँ । सरकारको उदेश्य गन्तव्य नीति कार्यक्रमहरु कसरी निर्धारण भएका खोजि गरेँ ।’ ओलीले भने ।

अहिले संसदमा ओलीको सम्बोधन जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?