गणेशमान सिंह स्मृति उद्यानको गुरु योजना निर्माण गरिने

लोकपथ
21
Shares

काठमाडौैं । शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरु योजना तयार पारी नयाँ स्वरुप दिइने भएको छ ।

गुरु योजना तयार भएपछि उद्यानलाई नयाँ स्वरुप दिन छ करोड बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शङ्कर तिवारीले जानकारी दिएका छन् । बागमती प्रदेश सरकारले उद्यान निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ । उद्यानलाई नयाँ स्वरुप दिन बागमती प्रदेश सरकारका पूर्व संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गरेका जनाइएको छ ।

उद्यान निर्माणस्थलको पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ, नगर प्रमुख रमेश नापित, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधिले अवलोकन गरी सहयोग गर्ने वचन दिएका उक्त समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?