१४ जेष्ठ २०८०, आईतवार

मन्त्रालय फुटाएपछि मिल्यो गठबन्धनमा भागबण्डा, बागमतीमा आजै मन्त्रिपरिषद् विस्तार हुने

२०८०,जेष्ठ,७,आईतवार ११:११

171
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन । तर अब सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको छ ।

भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालिएको छ । हाल कायम रहेको ११ मन्त्रालयलाई फुटाएर १२ मन्त्रालय बनाउने सहमति भएसँगै नेपाली कांग्रेसले ६ वटा, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार मन्त्री, नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको छ ।

बागमती प्रदेश सरकारमा हाल माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,७,आईतवार ११:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९