दिपक मनाङे विरुद्ध दाबी विरोध परेन

मनाङ, ७ कात्तिक । नेकपा एमालले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका दिपक मनाङे अर्थात् राजिक गुरुङविरुद्ध कुनै दाबी विरोध परेको छैन । राप्रपा मनाङको सिंगो टिमलाई नेकपा एमालेमा विलय गरेर एमाले प्रवेश गरेका दिपक मनाङे मनाङको प्रदेश –ख) बाट एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बनेको हुन् ।केहीदिन अघि मनाङमा भउको झण्डा र फौदारी अभियोग लगायतलाई आधार मानी उनीविरुद्ध उजुरी पर्ने आँकलन गरिएको थियो । उनीविरुद्ध कुनै किसिमको उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।मनाङमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ र एमालेबाट जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङले उम्मेद्वारी दिएका छन् । यस्तै प्रदेशसभा (क) मा कांग्रेसबाट चिन्तबहादुर घले र एमालेबाट दोर्जे डण्डुल गुरुङले उम्मेदवारी दिएका छन् । क्षेत्र (ख) मा कांग्रेसका कर्म गुरुङ र एमालेका खण्डा लामा गुरुङले उम्मेदवारी दिएका छन् । मनाङको क्षेत्र –ख)मा मनाङेको उम्मेद्वारी कायम रहेसँगै त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?