सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लोकपथ
104
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।त्यस्तै, माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?