मेरो भारत भ्रमणमा केही रेकर्ड बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा रेकर्ड बनाउने घोषणा गरेका छन् । शनिबार अखिल नेपाल ट्रेड युनियम महासंघको एक कार्यक्रममा बोल्दै सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालको पक्षमा नयाँ पहलकदमी लिन जोड गरिरहेको बताएका छन् ।

‘मेरो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विश्वासका साथ तयारी भएको छ । मलाई लाग्छ, राष्ट्र र जनताका पक्षमा केही रेकर्डहरु बनाउने पूरै कोशिष मेरो छ ।’ उनले भनेका छन् ।

यद्यपी, कस्तो रेकर्ड बनाउने भन्ने विषयमा भने उनले खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?