अब विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने !

लोकपथ
49
Shares

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

सरकारले आगामी नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी नीति तथा कार्यक्रममा समावेश उक्त कार्यक्रमलाई सार्वजनिक गरेका हुन् ।

‘विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’ राष्ट्रपति पौडेलले भने ।

यसअघि विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानमा सहभागि गराउने पर्ने आवाज उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?