काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसदमा उपस्थित भएकी छिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका उनका पति बालकृष्ण खाँण पक्राउ परेपछि उनी संसद बैठक आउन छाडेकी थिइन् ।
सो प्रकरणमा उनको समेत संलग्नता रहेको र प्रहरीले अनुसन्धान थालेको तथ्यहरु बाहिर आएको थियो । त्यससँगै एकाएक गायब भएकी खाँण शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएकी हुन् ।
उनी विदेशमा रहेको समेत चर्चा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया