नीति तथा कार्यक्रम : कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेश प्राथमिकतामा

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव विकास सुचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई प्राथमिकतामा राखिने बताएका छन् ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मानव विकास सुचकांकमा पछि परेका कर्णाली तथा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिने बताए ।

आगामी बजेटमा तीन प्रदेशलाई प्राथमिकतामा राखी स्रोत साधन परिचालन गरिने बताए ।

त्यस्तै सुशासनमा कुनै सम्झौता नहुने उनले बताए ।

‘सुशासनमा कुनै सम्झौता हुने छैन’ राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?