सुशासनमा कुनै सम्झौता हुने छैन : राष्ट्रपति पौडेल

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका लागि कुनै सम्झौता नहुने बताएका छन् ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

‘सुशासनमा कुनै सम्झौता हुने छैन’ राष्ट्रपति पौडेलले भने ।

त्यस्तै भ्रष्टाचार नियन्त्रणका लागि सरकार लागि परेको बताउँदै आगामी दिनमा नियन्त्रणको कदम थप बलियो बनाउँदै लैजान आग्रह गरे ।

संविधान र संघीयताका प्रभावकारी कार्यान्वनका लागि सरकार लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?