काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन् ।
आज बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले वाचन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछिको यो संसदमा पौडेलको पहिलो सम्बोधन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया