टीआरसी विद्येयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

लोकपथ
63
Shares

काठमाडौं । संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक (टीआरसी) माथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन भएको छ ।

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकले उपसमिति गठन गरेको हो ।

उक्त उपसमितिमा नेपाली कांग्रेसका ३, नेकपा एमालेका २ र नेकपा माओवादी केन्द्रसहित अन्य सत्तारुढ दलका तर्फबाट १–१ जना सदस्य रहेका छन् ।

उपसिमितिका एक सदस्यले दिएको जानकारी अनुसार कांग्रेसबाट रमेश लेखक, जीवन परियार, सुशील थिङ रहेका छन् । त्यस्तै नेकपा एमालेबाट सुवासचन्द्र चेम्वाङ र महेश बर्तौला रहेका छ्न ।

त्यसैगरी माओवादी केन्द्रबाट पूर्णबहादुर घर्ती, एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जनता समाजवादी पार्टीबाट रञ्जुकुमारी झा र जनमत पार्टीबाट गोमा लाभ रहेका छन् ।

उपसमितिले छलफल गरी ३ हप्ताभित्र सहमति गर्न समयसीमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?