पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेट

लोकपथ
65
Shares

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटघाट भएको छ ।

केहीबेरअघि मन्त्रालयमा भएको शिष्टाचार भेटघाटमा विविध विषयमा छलफल भएको मन्त्री किरातीले जानकारी दिएका छन् ।

भेटका क्रममा भूपू गोर्खा सैनिकको समस्या दुई देशबीचको सवाल रहेको र स्थायी समाधानका लागि यथाशिघ्र पहल गर्ने प्रतिबद्धता राजदूत पोलिटको रहेको छ । त्यस्तै युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालोसूचीबाट हटाइ सिधा उडान गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?