अग्नि सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन प्रस्थान

लोकपथ
56
Shares

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटासहितको टोली चीन प्रस्थान गरेको छ ।

शुक्रबार सापकोटासहित माओवादी नेतृत्वको टोली १० दिने भ्रमणका लािग चीन प्रस्थान गरेको हो ।

टोली अनुभव आदानप्रदानका लागि भन्दै चीनको छिन्दु प्रान्त लागेका हुन् ।
उक्त टोलीमा सापकोटासहित पार्टी सचिव हिममान शाक्य, गणेश शाह र डिलाराज आचार्य प्रदेश अध्यक्षहरुसहित केन्द्रीय नेताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?