महतविरुद्धको दाबी विरोध खारेज, प्रमाणविनै उजुरी

नुवाकोट, ७ कात्तिक । निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले नुवाकोट निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका रमेशकुमार महत विरुद्ध परेको दाबी विरोध खारेज भएको छ । महत कृषी विकास बैँक लिमिटेडको सञ्चालक समिति सदस्य रहदा रहदै प्रदेशसभामा उम्मेद्वार बनेको भनी परेको दाबी विरोध आधारहिन पाइएपछि जिल्ला निर्वाचन कार्यालय नुवाकोटले खारेज गरिदिएको हो ।दाबी विरोध परेसँगै जिल्ला निर्वाचन कार्यालयले दुबै पक्षलाई आवश्यक कागजातसहित उपस्थित हुने निर्देशन दिएसँगै महतका प्रतिनिधीले कृषी विकास बैंकको सञ्चालक समितिबाट उनको राजिनामा स्विकृत भएको पत्रसहित निर्वाचन कार्यालय नुवाकोटमा उपस्थित भएका थिए । भने उजुरीकर्ताको तर्फबाठ दाबी विरोधको कुनै प्रमाण नआएसँगै महत विरुद्धको दाबी विरोध स्वत खारेज भयो ।जिल्लाको विकास निर्माणमा क्रियासिल महतको उम्मेद्वारीले झस्किएको बाम गठबन्धनले केबल भ्रमको लागीमात्र दाबी विरोध गरेको कांग्रेस कार्यकर्ताहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?