काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै किसिमका हत्याकाण्डहरुको छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
सो क्रममा सांसद प्रभु शाहले गौर हत्याकाण्ड लगायतका काण्डहरुको छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले गौर लगायत नेपालमा भएका ठूला किसिमका हत्या काण्डको सत्यतथ्य बाहिर आउनुपर्ने बताए । प्रधानमन्त्रीले राजदरबार हत्या काण्ड, मदन भण्डारी जीवराज हत्या काण्डको समेत छानबिन हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया