अमरेशलाई प्रधानमन्त्रीको टालटुले उत्तर

लोकपथ
147
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई विभिन्न बेलामा भएका भ्रष्टाचारका विषयमा प्रश्न गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले २०६३ सालपछि भएका ठूलाठूला भ्रष्टाचारका काण्डहरु कहिलेबाट छानबिन शुरु हुन्छ भन्दै प्रश्न गरेका छन् ।

‘२०६३ सालपछि ठूलाठूला भ्रष्टाचारका काण्डहरु पोखरा विमानस्थल, आयल निगमको जग्गा खरिद, काठमाडौं निजगढ फास्ट ट्रयाक, वाइडबढी जहाज खरिद, ओम्नी काण्ड, नेपाल ट्रस्टको जग्गा प्रकरण, एनसेलको कर छुट र बालुवाटारको जग्गा काण्ड कहिलेदेखि शुरु हुन्छ ।’ उनको प्रश्न थियो ।

तर प्रधानमन्त्रीले यसअघि नै ती प्रश्नहरुको उत्तर दिएको बताउँदै टालटुले उत्तर दिएका छन् ।
उनले आम नागरिकले राजनीति रहित शिक्षा पाउने र किसानले मलखाद कहिले पाउने भन्दै प्रश्न गरे ।

युलियन्स स्कुलको आयकर छुट दिइएको भन्दै त्यस विषयमा प्रश्न उठाएका थिए । तर प्रधानमन्त्रीले उनले गम्भीर विषयमा ध्यानाकर्षण गराएको भन्दै धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?