काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता कानुन एक महिनाभित्र लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संसदमा जसपाका सांसद दिपक कार्कीले नागरिकले कहिले नागरिकता पाउँछन् भन्दै प्रश्न गरेका थिए । उनको पश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले सदनलाई एक महिनाभित्रै नयाँ नागरिकता कानुन लागु गर्ने बताए ।
“नागरिकताको संवेदनशीलताबारे हामी जानकार छौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई–दुई पटक पारित गरेर राष्ट्रपतिकोमा पठाइएको हो । पहिलोपटक फिर्ता पठाइयो, दोस्रो पटक पठाएको पनि हामी सबैलाई जानकारी नै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “दोस्रो पटक पठाएपछि प्रमाणीकरण गरेर जारी गर्नुपर्ने संवैधानिक दायित्व तत्कालीन राष्ट्रपतिले निर्वाह नगरेको अवस्था हो ।”
प्रधानमन्त्री प्रचण्डले नागरिकता विद्येयकलाई वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने नमिल्ने विषयमा बार एसोसियसनका प्रतिनिधिसँग र कानुनका विज्ञहरूसँग परामर्श भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया