सांसद खनालको प्रधानमन्त्रीलाई प्रश्न : ‘…त्यो हेलिकोप्टरको पैसा तपाईको गोजिबाट तिर्नुहुन्छ की ?’

लोकपथ
112
Shares

काठमाडौं । अहिले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नउत्तर चलिरहेको छ ।

सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले उपनिर्वाचनले प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेताहरुले प्रयोग गरेको हेलिकोप्टरको खर्च र आचारसंहिताबारे प्रश्न उठाएका छन् ।

गत वैशाख १० को उपनिर्वाचनमा प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुले प्रयोग गरेको हेलिकोप्टरको बारेमा प्रश्न उठाएका छन् । सो क्रममा प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु चढेर गएको हेलिकप्टर खर्च सरकारले नै ब्यहोर्ने हो वा आफ्नै गोजीबाट तिर्ने भन्दै प्रश्न गरे ।

‘पछिल्लो उपनिर्वाचनमा यहाँ लगायत पूर्व प्रधानमन्त्रीहरु हेलिकोप्टर चढेर हाम्रा उम्मेदवारहरुलाई हराउन जिल्ला जिल्ला जानुभयो । गठबन्धनका उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन पनि दिनुभयो । त्यो आश्वासन आफैँमा आचारसंहिता विपरित थियो कि थिएन आज त्यो नैतिकताको प्रश्न सोध्दिन ।’ उनको पश्न थियो, ‘त्यो हेलिकोप्टरको खर्च जनताको रगत पसिनाबाट तिरिन्छ की हजुरको गोजीबाट तिर्नुहुन्छ ?’

तर प्रधानमन्त्रीले भने सो प्रश्नको उत्तर भने दिएका छैनन् । सांसद खनालले शुरुमा उठाएको थारुहट आन्दोलनको समस्या समाधानका लागि गठित लाल आयोग लगायतको विषयमा उठाएका प्रश्नको मात्र उत्तर दिएका थिए ।
हाल संसद प्रश्नोत्तर चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?