क्यान्टोनमेन्टमा म दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्धन्द्धका लडाकु व्यवस्थापनको नाममा क्यान्टोनमेन्टमा भएको घोटलाका विषयमा आफू दोषी देखिएमा जेल जान तयार रहेको स्पष्ट पारेका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले कुरा बताएका हुन् ।

उनले राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले द्धन्द्धकालमा भएका विभिन्न भ्रष्टाचारका सवालमा प्रश्न उठाएका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको विषय कपोकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । कसैले दिएको उजुरीको आधारमा छानबिन भएर दोषी ठहरिएमा म आफैँ जेल जान तयार छु ।’

हाल संसदमा प्रश्नोउत्तर चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?