स्वास्थ्यमन्त्री बस्नेतले गरे ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन

लोकपथ
112
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पामा एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । बिहिबार मन्त्री बस्नेतले सुनकोशी गाउँपालिका वडा नम्बर १ मा सञ्चालित एक–एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन् ।

सुनकोसी गाँउपालिका र एक–एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित उक्त अस्पताललाई मन्त्री बस्नेतले उद्घाटन गरेका हुन् ।

२०७४ साल मंसिरबाट निर्माण सुरू भएको अस्पतालको निर्माण सम्पन्न भई २०७९ साल साउन १ गतेबाट उपचार शुरु भएको थियो । १० शैयाको लिफ्ट र अक्सिजन प्लाटसहितको यो अस्पताल गाउँपालिकाकै सुविधासम्पन्न अस्पतालको रुपमा लिइएको छ ।

अस्पतालले इमर्जेन्सी सेवासहित प्रसुति सेवा, एक्सरे, आँखा, दन्त सेवा, फार्मेसी लगायतको सेवा प्रदान गर्दै आएको छ ।

अस्तपतालको उद्घाटन कार्यक्रममा सुनकोसी गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रवणकुमार जिसी, गाउँपालिका उपाध्यक्ष कान्छी माया लामा, एक एक पाइला फाउन्डेसनका अध्यक्ष सुमनशमशेर थापा र सबै वडाका अध्यक्षको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?