१३ मङ्सिर २०८०, बुधबार

उत्तर पश्चिमी वायुले चिसो बढ्यो

२०७४,कार्तिक,७,मंगलवार १४:५०

0
Shares

 काठमाडौँ, ७ कात्तिक ।उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ ।मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।“उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हँुदै आएको छ अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको हो”– उनले भने ।चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ । सोमबार १५.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर आज ११.४ डिग्रीमा पुगेको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८