काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनलाई पक्राउ गरेर हाल काठमाडौं प्रहरी परिसर पठाइएको प्रहरी स्रोतले जानकारी दिएकाे छ ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएका गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।
गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया