साथीसँग खेल्दा खेल्दै लडेर बालकको मृत्यु

दार्चुला ।  खेल्ने क्रममा लडेर दार्चुलामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ धापका बिशन भट्टका ८ वर्षिय छोरा पारस भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 जिल्ला सदरमुकाम खलंगामा रहेको छन्ना तिंकरी कन्या माविमा साथीहरु संग खेल्ने क्रममा लडेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागी जिल्ला अस्पताल दार्चुला पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?