डेढ घण्टा ढिला हुँदा पनि शुरु भएन प्रतिनिधि सभा बैठक, सांसदहरु सामाजिक सञ्जालमा आक्रोशित

लोकपथ
49
Shares

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरु हुन सकेको छैन ।

आजको बैठकमा सांसदहरुले उठाएको सवालमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

तर अझैसम्म बैठक शुरु नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आपत्ति जनाएका छन् ।

सदनको पहिलो लहरमा बस्ने सत्ता गठबन्धनका सांसदहरु अझैसम्म अनुपस्थित भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो लहरमा बस्नुहुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनुभएन, सदन ५० मिनेट ढिलो भइसक्यो।’

त्यस्तै रास्वपाकै अर्की सांसद निशा डाँगीले जनताले बैठक किन शुरु भएन भनेर फोन गर्न थालिसकेको प्रतिनिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘जनताले फोन गरेर बैठक किन सुरु नभएको भनेर प्रश्न सोध्न थालिसक्नु भयो, मैले अब के उत्तर दिने’

आजको बैठकमा प्रधानमन्त्रीले सांसदले उठाएको सवालमा जवाफ दिने कार्यसूची रहेको छ । अहिले प्रधानमन्त्री र सभामुखबीच भेटघाट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?