काठमाडौं । श्रीमतीको हत्यापछि शव सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो ।
गत फागुन २० गते श्रीमती केशु बिकको हत्या गरेर उनी फरार भएका थिए । हत्यापछि कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा स्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा शव फ्याँकेर उनी फरार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलबस्तु पठाईएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया