प्रतिनिधि सभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटघाट

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ ।

प्रतिनिधि सभा बैठक बस्नुअघि संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको हो ।

भेटघाटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।

आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर अझैसम्म बैठक बस्न सकेको छैन ।

आजको बैठकमा सांसदहरुले उठाएको सवालमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?