नयाँ दलप्रति पोखरेलको कटाक्ष : ‘पपुलिस्टहरु अन्ततः यथास्थितीबादको पक्षपोषणमा लाग्छन्’

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली समाज अहिले चरम अराजकताको बिन्दुतर्फ गएको टिप्पणी गरेका छन् ।

आमरुपमा राज्य, संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज रहेको बताए ।

सामाजिक सञ्जालमा समसामयीक विषयमा लेख्दै महासचिव पोखरेलले नयाँ राजनीतिक दलप्रति कटाक्ष गर्दै सामाजिक अराजकताको जगमा नीतिहिन उद्देश्य हिन र गन्तव्यहिन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुतहुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृष्य रहेको भन्दै टिप्पणी गरे ।

‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य,संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज हो ।’ उनले भने, ‘सामाजिक अराजकताको जगमा नीतिहिन उद्देश्य हिन र गन्तव्यहिन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुतहुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृष्य हो । पपुलिष्टहरुवाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्तैन । उनीहरुवाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।’

नेपालको राजनीतिक अस्थिरता र आर्थिक सामाजिक संकटकाबीच बाह्य शक्तिहरु सल्बलाइरहेको भन्दै बाह्य शक्ति नेपाललाई आफ्नो सामरिक रणनीतिका लागि उपयोग गर्ने उदेश्यमा केन्द्रीत रहेको बताए ।
त्यस्तै अहिलेको अवस्थामा नेपाली समाज अन्तरद्वन्दको चपेटामा नपरोस् भन्ने कुरामा सबै राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने बताए ।
‘राजनीतिक अस्थिरता र आर्थिक–सामाजिक संकटको बीचवाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्वलाई रहेका छन् । उनीहरु नेपाललाई आफ्नो सामरिक रणनीतिका लागि उपयोग गर्ने उद्देश्यमा केन्द्रीत देखिदैछन् ।’ महासचिव पोखरेलले भनेका छन्, ‘यस्तो अवस्थामा नेपाली समाजको अन्तरद्वन्द्वका कारणले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा नपरोस् भन्नेकुरामा हामी सबै विना कुनै पूर्वाग्रह जिम्मेवार र गम्भीर हुनु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?