इलाम । त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत डा. गोविन्द केसीको समर्थनमा इलाममा प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै गत पुस २५ गतेदेखि १६ औँ अनसन बसेका डा. केसीको जीवन रक्षाको माग गर्दै इलाममा प्रदर्शन गरिएका हो ।
अनशन क्रममा डा. केसी स्वास्थ्यमा समस्या भएपछि थप उपचारको लागि शुक्रवार काठमाडौं ल्याइए थियो । तर, उनको समर्थनमा इलाममा प्रदर्शन जारी छ ।
अनशन शुरु भएदेखि नै उनको माग जायज भएको भन्दै सरकारलाई पूरा गराउन दबाब दिने उद्देश्यले र्याली समेत निकालिदै आएको छ ।
१५ औं अनसनका क्रममा गत साउन १० गते सरकार र डा. केसीबीच भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा पारित भएपछि डा.केसीले १६ औँ अनसन शुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया