ग्याबिन जालीमा लापरबाही गर्ने ठेकेदार कम्पनीलाई सांसद तामाङले दिए चेतावनी

लोकपथ
5.5k
Shares

काठमाडौं । बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ ‘समीर’ ले ग्याबिन जालीमा लापरवाही गर्ने ठेकेदार कम्पनीलाई सचेत गराएका छन् ।

मेलम्ची–६ तालामाराङस्थित हेलम्बु राजमार्गको कार्की पँधेरो पहिरोमा ग्याबिन जाली लगाउने क्रममा निर्माण कम्पनी अकेला–एटलान्टिक जेभीले गुणस्तरहीन काम गरेको देखेपछि उनले सचेत गराएका हुन् ।

उक्त लापरबाही देखेपछि तुरुन्तै सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरलाई निर्माण स्थलमै बोलाएर निरीक्षण गर्न लगाएको उनले बताए ।

‘इन्जिनियरले पनि गुणस्तरहीन काम भएको बताएपछि त्यसलाई तुरुन्त राकेर गुणस्तरीय काम गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘यो विषयमा मेलम्ची नगरपालिका प्रमुखलाई पनि जानकारी गराएका छौँ ।’

उक्त पहिरोमा लगाइएको गुणस्तरहीन ग्याबिनले भविष्यमा सडकमा आवतजावत गर्नसमेत खतरा उत्पन्न हुने भएकाले दिगो हुनेगरी गुणस्तरीय काम गर्न उनले निर्माण कम्पनीलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?