सगरमाथा आरोहण गरेर फर्किने क्रममा  एक जनाको मृत्यु

लोकपथ
28
Shares

काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु भएको छ ।

सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको नेपाली सेनाले जनाएको छ । उनका पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सगरमाथाको आरोहण गरी फर्कने क्रममा टोलीक केही सदस्य समेत अस्वस्थ बनेका छन् । सहसेनानी दिपेन्द्रसिंह खत्रीलगायत अस्वस्थ बनेका हुन् । खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प–२ सम्म ल्याइ त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याएको छ । । यस्तै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?