खानेपानी मन्त्री यादव र सांसद तामाङद्वारा मेलम्ची खानेपानी आयोजनाको अवलोकन

लोकपथ
0
Shares

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

बुधबार मन्त्री यादवले खानेपानीको मुहान जाने सडकको समेत स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री यादवले आफू भर्खरै मन्त्रालयमा आएकाले यो योजनाको विषयमा बुझ्न र जानकारी लिन स्थलमै अवलोकन गर्न आयको बताए ।

त्यस्तै उक्त आयोजनाको लागी मन्त्रालयबाट आवश्यक पर्ने सहयोगमा कुनै कमि नहुने र छिट्टै सम्बन्धित सबैसँग परामर्श गरी खानेपानी बोर्ड्को गठनको विषय टुंगाउने बताए । साथै मन्त्री यादवले अबको २ हप्ता भित्रमा समय मिलाएर प्रधानमन्त्रीले समेत हेलम्बु अम्बाथानम भ्रमण गर्ने जानकारी दिए ।

अवलोकनको क्रममा मन्त्री यादवको साथमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समीर), खानेपानी मन्त्रालयका सचिव मेलम्ची खानेपानी बोर्डको कार्यकारी अधिकृत ज्यु,इन्जिनियर ज्युहरु ,मेलम्ची खानेपानीका कर्मचारी साथिहरु,सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको थियो।

सो स्थलगत अवलोकनको क्रममा प्रदेश सभा साम्सद तामाङले मेलम्ची खानेपानी काठमाडौ पठाए बापत सिन्धुपाल्चोकबासिले पाउनुपर्ने रोयल्टीको बारेमा अब तत्कालै योजना बनाई कार्यान्वयन गर्न आग्रह गरे ।

त्यसैगरी आयोजनामा जाने विकल्पमार्गको रुपमा रहेको सुन्दरिजल–काठमाडौ सडक र मेलम्ची दुवाचौर हुँदै बरुवा याङ्री जाने सडकलाई जतिसक्दो छिटो पूरा गर्नुपर्नेभएकाले मन्त्रालय बाट यी कामहरुलाई विशेष प्राथमिकतामा राखिदिन मन्त्री यादवलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?