प्रदेश ५ को नामाकरण र स्थायी राजधानीको विवाद चर्किदै

काठमाडौं । प्रदेश ५ मा प्रदेशको नामाकरण र स्थायी राजधानीको विवाद चर्किदै गएको छ । 

नेपाली कांग्रेस रुपन्देहीले बिहीवार बुटवलकै राजधानी हुनुपर्ने र तत्काल नामाकरण गरिनुपर्ने भन्दै वृहत्त खबरदारी सभा आयोजना गर्यो । 

राजधानी अस्थायी मुकाम भएकै स्थान बुटवल की दाङ भन्नेमा दलहरु विभाजित हुँदै गएका छन् । विवाद चर्किदै जाँदा दल विशेषले आफ्ना राय मात्रै प्रस्तुत गरेका छैनन् । विरोध सभा र जनदवावका कार्यक्रम समेत आयोजना गर्न थालेका छन् । 

कांग्रेससहित संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्यहरु बुटवलमै स्थायी राजधानी हुने पक्षमा छन् भने नेकपाभित्र मत बाझीएको छ ।

त्यस्तै प्रदेश ५ को नाम र राजधानी सिफारिस गर्न गठन भएको विशेष समितिले समेत गति लिन नसक्दा प्रदेश नामाकरण र स्थायी राजधानीको विवाद झन चर्किदै गएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?