कोठा भाडा नतिरेर फरार रहेको भन्दै आलोचना भएकोबारे बोले सागर ढकाल (भिडियोसहित)

लोकपथ
301
Shares

काठमाडौं । सागर ढकालले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् ।

गत मंसिरको निर्वाचनमा डडेलधुरामा प्रतिनिधि सभाका उम्मेदवार बनेका ढकालले कोठा भाडा नदिएको भन्दै सामाजिक सञ्जालदेखि मिडियासम्म आलोचना भएको थियो ।

ढकालले भिडियो सन्देश सार्वजनिक गर्दै आफूले निर्वाचन प्रयोजनका लागि लिइएको कोठाको भाडा समयमै तिरेको बताए ।

आफ्ना प्रतिष्पर्धीहरुले रिसोर्ट नै बुक गरेर मतदातालाई प्रभाव पार्दा कुनै आलोचना नभएको आफूलाई सानो कुरामाथि बढी कटाक्ष गरिएको बताए ।

त्यस्तै आफूलाई फरार रहेको भनिएकोमा आपत्ति जनाउँदै आफू कामको शिलशिलामा विदेशमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?