लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएर सरकार छाड्ने नाउपाको चेतावनी

लोकपथ
63
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएर सरकारलाई दिएको समर्थन फिर्ता लिने उन्मुक्ति पार्टीले चेतावनी दिएको हो ।

आज रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बताए ।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन दिनको समय दिएका छौं । तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको समर्थन र सहभागिताबारे सोच्न बाध्य हुनेछौं।’ उनले भने ।

मंगलबार सर्वोच्च अदालतले नाउपाका नेता रेशम चौधरीलाई यसअघिको फैसला कायम राख्दै कैदको फैसला सुनाएको थियो ।

उनको मुक्तिको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?