ह्वावे क्लाउडले ल्यायो नयाँ फ्रेमवर्क

लोकपथ
26
Shares

काठमाडौं । प्रविधि कम्पनी ह्वावेले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरु बीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ ।

ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागितारहेको थियो ।

गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ ।

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु रहेको छ । प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको छ ।

नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ । यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो ।

कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो जसले साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?