काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र खराब चरित्र भएका मान्छेहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समूहको १२औँ महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
पार्टीभित्र आवद्ध भएका कोही मान्छेमा दाग लाग्यो भने त्यसलाई निकालेर फ्याक्नुपर्ने बताए ।
‘नेपाली कांग्रेसभित्र आवद्ध भएको कोही मान्छे, वा त्यहाँभित्रको अंगमा दाग लाग्यो त्यहाँ कोही कुहियो भने त्यसलाई निकालेर फ्याक्ने हो । पार्टीलाई अघि बढाउने हो । त्यस्तो कुरामा मेरो सम्बन्ध छ भनेर हुँदैन, मेरो हकमा पनि त्यही हो अर्काको हकमा पनि त्यही हो ।’ महामन्त्री थापाले भने ।
पार्टीभित्र छलफल चलिरहेको बताउँदै त्यसमा मुछिएका कसैलाई पनि छाड्न नहुने उनले बताए ।
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरण एउटा घटना मात्र नभएर त्यो राज्यद्रोह भएको बताए ।
सो प्रकरणमा मुछिएका नेताहरुलाई निलम्बन गरेर पार्टीले अनुसन्धानलाई सघाउनुपर्ने बताए । साथै अनुसन्धानमा पार्टी कहीँकतै देखिन नहुने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया